Logo

बुधवार, कार्तिक १२ गते २०८३

बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

  • समाचार
  • भाद्र ४, २०८२ बुधवार १७:४६ बजे
  • 220
    SHARES
  • बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    अदानचुली (हुम्ला), ४ भदौः सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् ।

    सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सनुवाइ नभएको गुनासो गरेका छन् । यसैबीच, जग्गा वर्गीकरण नहुँदा यहाँका सातवटै गाउँपालिकामा कित्ताकाट रोकिएको छ ।

    भूउपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि कित्ताकाट नहुँदा आफूहरूलाई मर्का परेको गाउँलेले बताएका छन् ।

    “कित्ताकाटलाई व्यावहारिक रूपमा व्यवस्थित गर्न सबै पालिकालाई स्रोतसाधन सम्पन्न बनाई नापी विभागबाट हस्तान्तरण भएको भूउपयोग नक्साका आधारमा जग्गाको वर्गीकरण गर्न समन्वय गरिएको छ,” भूउपयोग ऐन, २०७६ मा सरकारमा भनिएको छ तर त्यो यहाँ कार्यान्वयन भएको छैन ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend