Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज पञ्चराँ पर्व मनाइँदै

आज पञ्चराँ पर्व मनाइँदै

  • समाचार
  • भाद्र ५, २०८२ बिहिवार ०९:०१ बजे
  • 721
    SHARES
  • आज पञ्चराँ पर्व मनाइँदै

    भादगाउँ, ५ भदौस् आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरु पञ्चराँ ९पञ्चदान० पर्व मनाउँदै छन् ।

    आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ ।

    सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर परिक्रमा गराइन्छ । केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।

     

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend