Logo

बुधवार, कार्तिक १२ गते २०८३

सर्वोच्चमा ९ महिनामा २४.६७ प्रतिशत मुद्दा फर्स्यौट

सर्वोच्चमा ९ महिनामा २४.६७ प्रतिशत मुद्दा फर्स्यौट

  • समाचार
  • बैशाख १४, २०८० बिहिवार १८:५५ बजे
  • 625
    SHARES
  • सर्वोच्च अदालतले यस आर्थिक वर्षको ९ महिनामा २४ दशमलव ६७  प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म कुल ९ हजार १ सय ३ थान मुद्दाको किनारा लागेको छ । गत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षको हालसम्मको अवधिमा ५ प्रतिशतभन्दा बढी प्रतिशतको फर्स्यौट प्रगति भएको हो । यस्तै अदालतले पाँच वर्ष नाघेका ३७ दशमलव ९१ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । 

     

    यस आर्थिक वर्षको सुरुवातदेखि साढे ९ महिनाको अवधिमा सर्वोच्चमा दर्ता भएका वा जिम्मेवारी सरी आएका कुल ३० हजार ९६ थान मुद्दा र यस वर्ष दर्ता भएका कुल ७ हजार ६०९ गरी कुल ३७ हजार ७०५ थान मुद्दामध्ये हालसम्म ९ हजार ३०२ थान मुद्दा फर्स्यौट भइसकेको पौडेलको भनाइ छ । प्रतिशतमा हेर्ने हो भने चालु आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा कुल ३७ दशमलव ९७ प्रतिशत मुद्दा फर्स्यौट भएको छ ।

     

    सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेको छ । तर हाल सर्वोच्च अदालतमा १६ जना मात्रै न्यायाधीश रहेका छन् । न्यायाधीशको सङ्ख्या कम रहेको भए पनि हालसम्म भएको फर्स्यौटको अवस्था हेर्दा भने सन्तोषजनक नै रहेको प्रवक्ता पौडेलले बताए ।

     

    अदालतले यस आर्थिक वर्षमा करिब ५० प्रतिशत मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएको थियो । यद्यपि लक्ष्य अनुसार कुनै पनि अदालतमा फर्स्यौट हुन सकेको छैन । 

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend