Logo

बुधवार, कार्तिक १२ गते २०८३

‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ’

‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ’

  • समाचार
  • भाद्र ६, २०८२ शुक्रवार १६:२० बजे
  • 712
    SHARES
  • ‘सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउँदै छौँ’

    काठमाडौँ, ६ भदौः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोषमा सबै नेपालीलाई आबद्ध गराउन लागिएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उहाँले सबैको सामाजिक सुरक्षाका लागि कोषमा लैजाने गरी आवश्यक व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।

    मन्त्री भण्डारीले हालसम्म वैदेशिक रोजगारमा जानेहरूमध्ये १८ लाख ३५ हजार कोषमा आबद्ध भएको जानकारी गराउनुभयो । उहाँले अनौपचारिक क्षेत्रका सबै नेपाली र सबै श्रमिकलाई कोषमा लैजान लागिएको र यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँग सम्झौता गरी त्यहाँ जाने नेपाली श्रमिकलाई न्यूनतम् पारिश्रमिक तोकेको, साउदी अरबसँग पनि द्विपक्षीय सम्झौता गर्न लागिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

    “दक्ष वा अर्ध दक्ष कामदार पठाउने र न्यूनतमभन्दा पनि अधिकतम् पारिश्रमिक कति दिन सकिन्छ भन्नेतिर सरकारले ध्यान दिन लागेको छ”,उहाँले सुनाउनुभयो,“श्रम र रोजगार क्षेत्रलाई ‘डिजिटाइज’ गर्ने र ‘एआई च्याटबोर्ड’ पनि सुरु गर्न लागिएको छ ।”

    मन्त्री भण्डारीसँग सांसद पूर्णबहादुर घर्तीले स्थानीय तहमा रोजगारी सृजना गर्नुपर्नेमा त्यसो हुन नसकेको, सामाजिक कोषमा आबद्धता र अन्यलाई आबद्ध गराउने कार्यक्रमबारे प्रश्न सोध्नुभएको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend