Logo

बुधवार, कार्तिक १२ गते २०८३

लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्रीमा डिल्ली बहादुर चौधरी

लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्रीमा डिल्ली बहादुर चौधरी

  • समाचार
  • बैशाख १४, २०८० बिहिवार २०:२१ बजे
  • 532
    SHARES
  • लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको जन्म २०२६ साल असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६, डुम्री गाउँमा भएको हो । आमा सोमती चौधरी र बुबा टुकलाल चौधरीको सन्तानका रूपमा उनको जन्म भएको हो ।सामाजिक विकास विषयमा स्नातक गरेका चौधरीले १७ वर्षको उमेरदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।

    २०५७ सालमा कमैया आन्दोलनको अगुवाइ गरेका डिल्ली बहादुर चौधरी प्रदेशसभा सदस्यदेखि मन्त्री हुँदै मुख्यमन्त्री सम्म बन्न सफल भए ।

    उनी पहिलो कार्यकालमा लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रीको रूपमा डेढ वर्ष काम गरे । २०४२ सालदेखि राजनीति र सामाजिक सेवामा उत्तिकै सक्रिय चौधरी दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका हुन्

    उनले निर्वाह गरेका जिम्मेवारी

    २०६४ देखि निरन्तर नेपाली कांग्रेसको महासमिति सदस्य

    संविधानसभा सदस्य– २०७०

    श्रम राज्यमन्त्री २०७३–७४

    प्रदेशसभा सदस्यमा निर्वाचित दाङ–३ (१)– २०७४

    पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री २०७८–८९

    प्रदेशसभा सदस्यमा निर्वाचित दाङ ३ (१)– २०७९

    संसदीय दलको नेता नेपाली कांग्रेस– २०७९

    २०५७ मा कमैया आन्दोलनको अगुवाइ गरी कमैया मुक्तिको घोषणा गराउन सफल ।

    विश्वका ३० भन्दा बढी राष्ट्रको भ्रमण ।  

     

    श्रोत : रातोपाटीfff.webp


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend