Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

  • समाचार
  • भाद्र ८, २०८२ आइतवार १०:५० बजे
  • 328
    SHARES
  • वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

    काठमाडौँ, ८ भदौ : वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ । ती कार्यका लागि घुम्ति सवारीसाधनसहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।

    विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै सवारी साधान सहितको घुम्ति टोली खटाएका छौँ ।

    पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।” वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend