प्रदेशको नाम ‘कोशी’ राखेको विरुद्धमा आन्दोलनरत पहिचान पक्षधरले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पाँचथरको फिदिममा मसाल जुलुस निकालेका छन् ।
फिदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले सांसदलाई भेडाबाख्रा सरह थुनेर जबरजस्त ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गरे । मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन र किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले गरेका थिए ।
श्रोत : रातोपाटी