Logo

बुधवार, कार्तिक १२ गते २०८३

चालू आर्थिक वर्षको चैतसम्ममा काठमाडौँ महानगरले उठायो ६ अर्ब बढी राजस्व

चालू आर्थिक वर्षको चैतसम्ममा काठमाडौँ महानगरले उठायो ६ अर्ब बढी राजस्व

  • समाचार
  • बैशाख १६, २०८० शनिवार १४:३४ बजे
  • 520
    SHARES
  • काठमाडौँ ।  काठमाडौँ  महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको ।

      उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । कामपाले चालू आवका लागि करिब रु १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो ।

     गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवमा भने रु नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।  

    उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो ।

    चालू आवका लागि हालसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट रु ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ ।

     

    श्रोत : रासस

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend