Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विधायन समितिको बैठक बस्दै

विधायन समितिको बैठक बस्दै

  • समाचार
  • भाद्र ९, २०८२ सोमवार ०९:३२ बजे
  • 706
    SHARES
  • विधायन समितिको बैठक बस्दै

    काठमाडौँ, ९ भदौः सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।

    जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतीको प्रयोगद्वारा प्रमाण सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

    प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend