Logo

बुधवार, कार्तिक १२ गते २०८३

४८ जना जापानी नागरिक सुडानबाट स्वदेश फर्काइए

४८ जना जापानी नागरिक सुडानबाट स्वदेश फर्काइए

  • समाचार
  • बैशाख १६, २०८० शनिवार १५:२० बजे
  • 547
    SHARES
  • टोकियो । शनिबार बिहान ४८ जना यात्रुहरू द्वन्द्वग्रस्त सुडानबाट टोकियो पुगेका छन् ।

    जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

     शुक्रबारसम्म ६५ जना जापानी नागरिक र अन्य देशका नागरिकले पनि सुडान छाडेका छन् ।

    ती मध्ये केही आफ्नै पहलमा जापान फर्किएको पनि मन्त्रालयले जनाएको छ ।

    sudan-protest_gm3K4150H0.webp

    अप्रिलको मध्यमा सुडानी सेना र अर्धसैनिक र्याआपिड सपोर्ट फोर्सबीच भीषण झडप भएपछि असुरक्षाको अनुभूति गर्दै थुप्रै देशहरूले सुडानबाट आफ्ना नागरिकहरू फिर्ता बोलाएका छन् ।

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend