Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

  • समाचार
  • भाद्र १०, २०८२ मंगलवार १९:३५ बजे
  • 301
    SHARES
  • तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौँ, १० भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उहाँले बताउनुभयो । एमालेले दोस्रो विधान महाधिवेशन तयारीका लागि बैठक बोलाएको थियो ।

    “विधान संंशोधनमा आएका सुझावलाई समेटेर केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तयारीे थियो, तर विधान संशोधनमाथिको सुझाव आउने क्रम रहेकाले बैठक स्थगित गर्नु परेको हो । चाँडै नै नयाँ मिति तोकिने छ”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो ।

    एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।

    एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ ।

    महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुने जनाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend