Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

  • समाचार
  • भाद्र ११, २०८२ बुधवार ०९:५२ बजे
  • 697
    SHARES
  • तीन संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ, ११ भदौ : आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् ।

    राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ ।

    यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend