Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

  • समाचार
  • भाद्र ११, २०८२ बुधवार १४:१२ बजे
  • 541
    SHARES
  • सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

    काठमाडौँ, ११ भदौः स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार निर्धारण भएको छ ।

    त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ ।

    हिजो मङ्गलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend