Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल बङ्गलादेशसँग पराजित

नेपाल बङ्गलादेशसँग पराजित

  • समाचार
  • भाद्र ११, २०८२ बुधवार १९:१९ बजे
  • 235
    SHARES
  • नेपाल बङ्गलादेशसँग पराजित

    काठमाडौँ, ११ भदौ : नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित भएको छ ।

    बङ्गलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलबाट ३ अङ्क मात्रै जोड्न सफल भयो ।

    नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

    भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भएको हो । बङ्गलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् ।

    नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् ।

    खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बङ्गलादेशले पहिलो अग्रता लिइन् । खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन् । पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् ।

    खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन् । प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् ।

    जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अङ्क पु¥याएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अङ्क छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend