Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सञ्चार रजिष्ट्रार कार्यालयद्वारा राससलाई पुस्तक प्रदान

सञ्चार रजिष्ट्रार कार्यालयद्वारा राससलाई पुस्तक प्रदान

  • समाचार
  • भाद्र ११, २०८२ बुधवार १९:२३ बजे
  • 514
    SHARES
  • सञ्चार रजिष्ट्रार कार्यालयद्वारा राससलाई पुस्तक प्रदान

    काठमाडौँ, ११ भदौः राष्ट्रिय समाचार समिति (रासस) लाई बागमती प्रदेश सरकार, सञ्चार रजिष्ट्रारको कार्यालयले ५० थान पुस्तक उपलब्ध गराएको छ ।

    रासस केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा आज सञ्चार रजिष्ट्रारको कार्यालयका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभयो ।
    पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससलाई मिडिया अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सोचका साथ पत्रकारितासम्बन्धी पुस्तक सङ्कलन गरिरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नेपालको सिङ्गो मिडिया अनुसन्धान केन्द्रको रूपमा विकसित गर्ने हाम्रो उद्देश्य अनुरूप काम गरिरहेका छौँ ।”

    अध्यक्ष झाले राससलाई अध्ययन केन्द्रको रूपमा स्थापित गर्ने सोचका आधारमा रासस मिडिया सङ्ग्रहालय, रासस बुलेटिन कक्ष र रासस पुस्तकालय विस्तार गर्ने तथा पुराना कागजातलाई लिपिबद्ध गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

    राससका महाप्रबन्धक सन्दीप राईले राससलाई पत्रकारिताको अनुसन्धान केन्द्र बनाउने तथा पत्रकारिता र आमसञ्चारको ज्ञानको केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ राससले पुस्तकालय विस्तार गरिरहेको उल्लेख गर्नुभयो ।

    सञ्चार रजिष्ट्रार सापकोटाले पत्रकारितालाई प्रविधिमैत्री र रचनात्मक बनाउने उद्देश्यले कार्यालयले पत्रकारिता र कानुनसम्बन्धी विधिन्न पुस्तक प्रकाशन गर्दै आएको जानकारी दिनुभयो ।

    कार्यालयले हालसम्म पत्रकारिता र कानुनसम्बन्धी १६ वटा पुस्तक प्रकाशन गरिसकेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend