Logo

बुधवार, कार्तिक १२ गते २०८३

अर्थसचिव अर्जुनप्रसाद पोखरेलले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

अर्थसचिव अर्जुनप्रसाद पोखरेलले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

  • समाचार
  • बैशाख २५, २०८० सोमवार १७:११ बजे
  • 769
    SHARES
  • काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंकको सञ्चालकको शपथ लिएका छन् ।

    सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पोखरेलले केन्द्रीय बैंक सञ्चालकको शपथ लिएका हुन् । 

    शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रार नारायणप्रसाद पन्थी, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो । 

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend