Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमाले विधान महाधिवेशन तयारी बैठक

एमाले विधान महाधिवेशन तयारी बैठक

  • समाचार
  • भाद्र १३, २०८२ शुक्रवार १९:१२ बजे
  • 760
    SHARES
  • एमाले विधान महाधिवेशन तयारी बैठक

    काठमाडौँ, १३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन तयारीका सन्दर्भमा आज एमाले पार्टी कार्यालय च्यासलमा बैठक बसेको छ । केन्द्रीय जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले विधान महाधिवेशन तयारीका बारेमा जानकारी गराउँदै सक्रियताका साथ तोकिएका जिम्मेवारी पूरा गरी आसन्न महाधिवेशन सफल बनाउन जनसङ्गठनका अध्यक्ष तथा इन्चार्जहरूसँग अनुरोध गर्नुभयो ।

    करिब एक हप्तामात्र समय रहेकाले अझ खटिएर तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै संयोजक ढकालले महाधिवेशनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन सबैको साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा महाधिवेशनलाई सफल बनाउन सङ्गठनात्मक तयारी, प्रचारप्रसार, ‘मिडिया सेन्टर’ स्थापना, स्वयंसेवक व्यवस्थापन, सबै जनसङ्गठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल भएको संयोजक ढकालले जानकारी दिनुभयो ।

    उहाँले पार्टीको विधान महाधिवेशन एमालेको नीति र सङ्गठनात्मक यात्रामा महत्त्वपूर्ण मोड भएको भन्दै सबै जनसङ्गठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गर्नुभएको छ । बैठकमा एमालेका सबै जनसङ्गठनका अध्यक्ष र इञ्चार्जको सहभागिता थियो । एमाले विधान महाधिवेशन यही भदौ २० देखि २२ सम्म ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ ।

     

    R.SS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend