Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन

चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन

  • समाचार
  • भाद्र १४, २०८२ शनिवार ०८:५४ बजे
  • 778
    SHARES
  • चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन

    काठमाडौ,ँ १४ भदौः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताउनुभएको छ ।

    प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

    “सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ, त्यतातिर लागौँ, उहाँहरुको सेवा सुविधा बढाउन तिर लागौँ,” पूर्वमन्त्रीसमेत रहनुभएका उहाँको भनाइ थियो ।

    घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा रु छ खर्ब थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो ।

    “म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिन,” उहाँको भनाइ थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend