काठमाडौँ । कांग्रेसका युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका हुन्।
कांग्रेस नेता बालकृष्ण खाँण पक्राउपछि कांग्रेसकै युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको दबाबमा नपरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका हुन्।
केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री भेट्न सिंहदरबार पुगेका थिए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धतासमेत जनाए।
नेता रञ्जित कर्णको अनुसार गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसन खोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने बताएका थिए । यसका लागि सरकार दृढतापूर्वक अघि बढ्ने गृहमन्त्रीले विश्वास दिलाएको उनले बताए । गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरेका हुन्।
श्रोत : रातोपाटी