Logo

बुधवार, कार्तिक १२ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी प्रमाणित गरेकालाई प्रहरी प्रशासनले छोड्दैन : गृहमन्त्री श्रेष्ठ

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी प्रमाणित गरेकालाई प्रहरी प्रशासनले छोड्दैन : गृहमन्त्री श्रेष्ठ

  • समाचार
  • बैशाख २७, २०८० बुधवार १७:५४ बजे
  • 775
    SHARES
  • काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनिहरुलाई प्रहरी प्रशासनले नछोड्ने र शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको बताए । 

    उनले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको बताउँदै जे अनुसन्धानले देखाउँछ उनीहरुलाई प्रहरी प्रशासनले नछोड्ने उल्लेख गरे ।  दलका प्रमुख नेताहरुसँग निर्दोष फसाउनु हुँदैन र कुनैपनि पूर्वाग्रह राखेर पक्राउ गरिदैन भनेर आफूले प्रतिबद्धता जनाएको समेत श्रेष्ठले बताए । दोषी कोही पनि नछोड्न प्रहरीलाई स्ट्यान्डबाई रहन निर्देशन दिएको पनि मन्त्री श्रेष्ठले बताए ।

     

    श्रोत : रातोपाटी


     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend