Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान

मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान

  • समाचार
  • भाद्र १४, २०८२ शनिवार २१:५४ बजे
  • 391
    SHARES
  • मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान

    जनकपुर, १४ भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्डका लागि प्रस्थान गर्नुभएको छ । उहाँ त्यहाँ आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

    मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको जानकारी दिनुभयो ।

    भ्रमणका क्रममा सङ्घीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्यलगायत विषयमा छलफल, अन्तरराष्ट्रिय अनुभव आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    उहाँको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend