Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

  • समाचार
  • भाद्र १५, २०८२ आइतवार २०:३७ बजे
  • 418
    SHARES
  • झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

    बैतडी, १५ भदौः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताउनुभएको छ ।

    आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताउनुभएको हो ।

    “नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कूटनीतिक रुपमा कुरा भइरहेको छ”, उहाँले भन्नुभयो, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति छ ।

    यो विषयमा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ । यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।”

    चीन भ्रमणपश्चात् प्रधानमन्त्रीको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताउनुभयो । यस्तै उहाँले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत महाकाली सन्धि, पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ ।

    सम्भवत यो वर्ष सन्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्नेछौँ । जसका लागि भारतकोे पनि सहमति आवश्यक पर्दछ ।” दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोरलगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताउनुभयो ।

    यसका साथै उहाँले बैतडीको समग्र विकासका लागि आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बैतडीको विकासका लागि थुप्रै बजेट हुने गरेको भए पनि कार्यान्वयनमा समस्या हुँदै आएको छ । ठेकेदारले समयमै काम नगर्ने, स्थानीयबीचको विवादलगायतले समस्या देखिएको छ ।

    यो समस्या समाधान स्थानीयस्तरबाटै गर्नुपर्छ ।”

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend