Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कैदीबन्दीलाई पुस्तक वितरण

कैदीबन्दीलाई पुस्तक वितरण

  • समाचार
  • भाद्र १५, २०८२ आइतवार २०:४० बजे
  • 910
    SHARES
  • कैदीबन्दीलाई पुस्तक वितरण

    त्रिवेणी (रुकुम पश्चिम), १५ भदौः अठारौँँ पुस्तकालय दिवसका अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैदीबन्दीलाई पुस्तक तथा खेल सामग्री वितरण गरिएको छ । जनविकास पुस्तकालय र पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ रुकुम पश्चिमले संयुक्तरुपमा आज उहाँहरुलाई रु ५० हजार बराबरको उक्त सामग्री वितरण गरिएको हो । जनविकास पुस्तकालयका सहसचिव ओमबहादुर केसीका अनुसार उपन्यास, निबन्ध, कविता, गजल सङ्ग्रहसहितका पुस्तक तथा कापी वितरण गरिएको हो ।

    कैदी बन्दीलाई सृजनशील बनाउन पुस्तक उपलब्ध गराइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, कर्णाली प्रदेशका पूर्वसचिव भरतकुमार शर्मा, जनविकास पुस्तकालयका कार्यवाहक अध्यक्ष नारायणप्रसाद शर्मा, पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका जिल्ला अध्यक्ष कर्ण ओलीलगायतले पुस्तक तथा खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend