Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

  • समाचार
  • भाद्र १६, २०८२ सोमवार १२:२७ बजे
  • 667
    SHARES
  • सुनको मूल्यमा निरन्तर किर्तीमान, तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो

    काठमाडौँ, १६ भदौ : नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ ।

    आइतबार स्थानीय बजारमा प्रतितोला रू दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो ।

    आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend