Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’

  • समाचार
  • भाद्र १६, २०८२ सोमवार २२:०० बजे
  • 886
    SHARES
  • ‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’

    सिरहा, १६ भदौ: गोपाल सेवा समिति लहानले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा आज जेएस मुरारका बहुमुखी क्याम्पस लहानको खुल्ला मैदानमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वातावरण जोगाउन वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार, संघसंस्था र समुदायले वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं लहान नगरप्रमुख महेशप्रसाद चौधरीले समितिले क्याम्पसको खुल्ला मैदानमा वृक्षारोपण गरेर वातावरण संरक्षणतर्फ जनचेतना फैलाउने प्रयास निकै सराहनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा सेवा समितिका अध्यक्ष गणेश यादव, वातावरणविद् दिनेश यादव, क्याम्पस प्रमुख सञ्जय चौधरी, जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव, समाजसेवी सत्यनारायण यादवलगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend