Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनताका पक्षमा काम गर्न निर्देशन

जनताका पक्षमा काम गर्न निर्देशन

  • समाचार
  • भाद्र १८, २०८२ बुधवार २०:५४ बजे
  • 616
    SHARES
  • जनताका पक्षमा काम गर्न निर्देशन

    काठमाडौँ, १८ भदौः महिला, बालबालिका तथा ज्येष्ठ नागरिककन्त्री नवलकिशोर शाह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम आउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्रालयले विगतमा गरेको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा परिणाममुखि काम गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को पहिलो संशोधन विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

    मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मस्यौदा निर्माण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकाय, नागिरक समाज सङ्घसंस्था तथा पीडित÷प्रभावितसँग छलफलका आधारमा परिमार्जन गरी अन्तिम रूप दिने तयारी गरेको छ ।

    मन्त्रालयले पछिल्लो एक वर्षमा करिब ६० जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको जनाएको छ । एक वर्षमा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार पीडित÷प्रभावित ७७ महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना पनि गरेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend