Logo

बुधवार, कार्तिक १२ गते २०८३

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर, काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर, काठमाडौंका ४४ स्थानमा स्मार्ट ट्राफिक लाइट

  • समाचार
  • जेठ १५, २०८० सोमवार १८:४० बजे
  • 637
    SHARES
  • काठमाडौं । सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा सरकारले फ्लाईओभर निर्माण गर्ने घोषणा गरेको छ । ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुने सरकारले दाबी गरेको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै यो दाबी गरेका हुन् ।

    साथै काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडानसमेत गरिने छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने र  सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्थासमेत गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ ।traffic-light-intaligent.jpg

     

    श्रोत : onlinekhabar


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend