Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कलंकीमा जेनजीको प्रदर्शन : ठाउँ ठाउँमा प्रहरीसँग झडप

कलंकीमा जेनजीको प्रदर्शन : ठाउँ ठाउँमा प्रहरीसँग झडप

  • समाचार
  • भाद्र २४, २०८२ मंगलवार १०:२८ बजे
  • 460
    SHARES
  • कलंकीमा जेनजीको  प्रदर्शन : ठाउँ ठाउँमा प्रहरीसँग झडप

    काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा जेनजी पक्षका १९ जनाको ज्यान गएपछि र लगभग चार सय जना घाइते भए पछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ ।

    काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर जेनजी पक्षले प्रदर्शन गरेका छन् । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ । 

    काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन् । 

    भष्टाचार विरुद्धको अभियानमा जेनजीहरुले गरेको प्रदर्शनमा सरकार पक्षले दमन र हस्तछेप गरेपछि यसको विरुद्धमा देशभर प्रतिकार जेनजी पक्षले गरेका छन्।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend