Logo

बुधवार, कार्तिक १२ गते २०८३

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

  • समाचार
  • आषाढ २०, २०८० बुधवार २२:०५ बजे
  • 1.1K
    SHARES
  • तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

    सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

    राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ ।

    prithvi-rajmarga_V6tTSyi1vo.jpg

     

    श्रोत : रासस


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend