Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

  • समाचार
  • भाद्र २४, २०८२ मंगलवार ११:३४ बजे
  • 688
    SHARES
  • सर्वोच्च अदालतमा आजको सबै सुनुवाइ स्थगित

    काठमाडौँ, २४ भदौः सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।

    अदालतले आज जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ ।

    सूचनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यू आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवम् कानुन व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend