Logo

बुधवार, कार्तिक १२ गते २०८३

तातोपानी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति प्रदान गर्ने

तातोपानी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति प्रदान गर्ने

  • समाचार
  • आषाढ २२, २०८० शुक्रवार २२:४० बजे
  • 532
    SHARES
  • तातोपानी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति प्रदान गर्ने

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि१५ लाख छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

    गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाइ खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । 

    “चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई नीति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौँ”, अध्यक्ष चौलागाईंले भने, “पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ ।” एमबिवबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रतिवर्ष एक जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने अध्यक्ष चौलागाईंको भनाइ छ । 

     

    tatopani-gaupalika_SnMOCVIr4W.webp

     

    श्रोत : रासस


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend