काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरोधमा विश्व रेकर्ड कायम गर्न लागेको बताएका हुन् ।
उनले एमाले नेपालको सन्दर्भमा सबैभन्दा धेरै संसद् अवरोध गर्ने पार्टीको रूपमा स्थापित भइसकेको भन्दै स–साना कुरामा पनि संसद् अवरोध गरेर विश्व रेकर्ड कायम गर्न लागेको बताए ।
सांसद दाहालले संसद् अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माण र बहसको थलोको रूपमा स्थापित गराउनुपर्नेमा जोड दिए । उनले अवरुद्ध संसद् खुलाउने नाममा सरकारले भ्रष्टाचार विरोधी अभियान रोक्ने कुराको सम्झौता नगर्ने बताए ।

श्रोत : रातोपाटी