Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्रीमाथि चलाइएको भ्रम हट्यो :सांसद लेखनाथ दाहाल

प्रधानमन्त्रीमाथि चलाइएको भ्रम हट्यो :सांसद लेखनाथ दाहाल

  • समाचार
  • आषाढ २५, २०८० सोमवार २१:०५ बजे
  • 766
    SHARES
  • काठमाडौँ । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताएका हुन् । 

    सांसद दाहालले निश्चित उद्देश्यसहित चलाइएको भ्रम हटेर सत्य स्थापित भएको बताए । आगामी दिनमा संसदलाई नीति निर्माण र ऐन, कानून निर्माण गर्ने आफ्नो भूमिकालाई इमानदार भएर निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई आजको बैठकमा सबैले महसुस गरेको पनि उनले उल्लेख गरे ।

     उनले संसद् अवरोध हटाउने नाममा प्रधानमन्त्रीले कुनै खालका अनुचित सम्झौता नगरेको पनि स्पष्ट पारे ।  सांसद दाहालले सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा सरकारले कसैसँग कुनै खालको सम्झौता नगर्ने बताए ।  

    rajan.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend