Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापाको जनजीवन सामान्य बन्दै

झापाको जनजीवन सामान्य बन्दै

  • समाचार
  • भाद्र २५, २०८२ बुधवार १६:१८ बजे
  • 400
    SHARES
  • झापाको जनजीवन सामान्य बन्दै

    सुरुङ्गा (झापा), २५ भदौः नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षा कायम गराउन मङ्गलबार रातिदेखि परिचालित भएपछि यहाँको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ । अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेनाको सुरक्षा फौजले सुरक्षा गस्ती बढाएसँगै झापाको जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

    उहाँका अनुसार आज बिहानैदेखि नेपाली सेनाले सडकमा निस्किएर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन ‘माइकिङ’ गर्दै सुरक्षा गस्ती बढाएको हो । सदरमुकाम चन्द्रगढीसहित जिल्लाका मुख्यमुख्य ठाउँमा नेपाली सेनाको सुरक्षा गस्तीले माइकिङ गर्दै बिनाकारण हिँड्डुल गर्नेलाई घर फर्काइरहेको प्रजिअ अधिकारीले बताउनुभयो ।

    आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको उहाँले जानकारी दिनुभयो ।

    मङ्गलबार प्रदर्शनकारीले झापाका एक दर्जन बढी सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयसहित राजनीतिक नेतृत्वका घरमा तोडफोड र आगजनी गरेपछि तनावग्रस्त बनेको यहाँको जनजीवन नेपाली सेनाले सुरक्षा गस्ती बढाएसँगै बन्दै गएको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend