Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने अनिश्चित

अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने अनिश्चित

  • समाचार
  • भाद्र २५, २०८२ बुधवार १६:४२ बजे
  • 457
    SHARES
  • अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने अनिश्चित

    काठमाडौँ, २५ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । विषम परिस्थितिका कारण अन्तरराष्ट्रिइ विमानस्थल खुल्ने समय अनिश्चित रहेको विमानस्थल कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

    मङ्गलबार दिउँसो २ः३० बजेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द रहेको छ । गए राति १ः०० बजेसम्मका लागि बन्द गरिएको विमानस्थल पुनः आज सूचना निकालेर साँझ ६ः०० बजेसम्म बन्द गरिएको थियो । विमानस्थल कार्यालयले थप अर्को सूचना जारी गर्दै विमानस्थल खुल्ने समय अनिश्चित भएकाले विमानस्थलसम्बन्धी सूचनाका आधारमा सम्पर्कमा रहन वायुसेवा कम्पनीहरूलाई आग्रह गरिएको छ ।

    “उपत्यकामा जारी निषेधाज्ञा, उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवालगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने देखिएकाले अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ”, सूचनामा भनिएको छ ।

    साथै विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन हुन तथा विमानस्थल खुलेको सूचना पाएपश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र विमानस्थल आउन सम्पूर्ण यात्रुवर्गमा विमानस्थलले अनुरोध गरेको छ ।

    यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति पनि विमानस्थलले क्षमा मागेको छ । अन्तरराष्ट्रिय विमानस्थल बिहान ६ः०० देखि राति १ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् ।

    अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend