Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

  • समाचार
  • भाद्र २७, २०८२ शुक्रवार ११:३३ बजे
  • 685
    SHARES
  • रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

    चन्द्रपुर (रौतहट), २७ भदौः जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

    आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

    अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्मको समय तोकिएको छ । निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend