काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनलाई इमान्दारितापूर्वक अगाडि लिएर जानुपर्ने बताएका छन् ।
सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा जावफ दिँदै उनले साे कुरा बताएका हुन् ।उनले भने, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन छ ।
प्रधानमन्त्रीजी हुुनुहुन्छ तर, गठबन्धनको नेता कांग्रेस सभापति शेरबहादुर देउवा हो । हामीले बनाएको गठबन्धन हो । यसलाई इमान्दारितापूर्वक अगाडि लिएर जान्छौं ।’
गठबन्धन पाँचै वर्ष टिकाउने कुरामा कांग्रेसको केही शर्तहरु पनि रहनुपर्ने महामन्त्री थापाको भनाइ छ । ‘नेपाली कांग्रेसको आधारभूत मान्यता छ ।
कहीँ कतै गठबन्धन भत्किन्छ बिग्रिन्छ भनेर कांग्रेस फेरि थरथर डराएर सम्झौता गर्छौं भन्ने होइन । कदाचित याे गर्नु हुँदैन’ थापाले भने ।
‘हामीसँग अहिले हातमा संविधान छ अहिलेको व्यवस्था छ । अधिकार छ राम्रो संविधान छ, डकुमेन्ट छ । तर हामीले भनेजस्तो बाचा पुरा भएको छैन । यसको स्वामित्व हामीले लिने हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर परिवर्तन र संशोधनको मुद्दा पार्टीले लिड गर्नुपर्ने महामन्त्री थापाले बताए ।

श्रोत : रातोपाटी