Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अझै एक साता शेयर कारोबार नहुने

अझै एक साता शेयर कारोबार नहुने

  • समाचार
  • भाद्र २७, २०८२ शुक्रवार १८:५७ बजे
  • 709
    SHARES
  • अझै एक साता शेयर कारोबार नहुने

    काठमाडौँ, २७ भदौ : जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो ।

    “धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ”, नेप्सेको सूचनामा भनिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend