काठमाडौँ । नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव दिनेश भट्टराईले उनलाई मंगलबार बर्खास्त गरेका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी हेड्क्वार्टरले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी प्रहरी हेड्क्वार्टरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

श्रोत : रातोपाटी