Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बालिकाको डुबेर मृत्यु

बालिकाको डुबेर मृत्यु

  • समाचार
  • भाद्र २८, २०८२ शनिवार १८:४५ बजे
  • 349
    SHARES
  • बालिकाको डुबेर मृत्यु

    चन्द्रपुर (रौतहट), २८ भदौः रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । आज बिहान जितिया पर्वको (नहायखाय) पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया करिश्मा साहको डुबेर मृत्यु भएको हो ।

    खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

    नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट, बसपार्कका प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा गएको टोलीले खोजी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend