Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

  • समाचार
  • भाद्र २९, २०८२ आइतवार १४:०३ बजे
  • 649
    SHARES
  • सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

    मुस्ताङ, २९ भदौः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ ।

    म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

    काभे्रभीर सडकमा करिब ५० मिटर सडकमा सुक्खा पहिरो जाँदा सडक ट्रयाकमा क्षति पुगेको सुपरभाइजर शेरचनको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बेनी—जोमसोम सडकको काभ्रेभीरमा ठूला चट्टानसहितको सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको बताउनुभयो ।

    अहिले डोजरको सहयोग पहिरो हटाउने काम भइरहेको उहाँको भनाइ छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend