Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

  • समाचार
  • भाद्र २९, २०८२ आइतवार १४:५० बजे
  • 235
    SHARES
  • सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

    काठमाडौँ, २९ भदौः बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्कालाई शनिबा काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend