Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

  • समाचार
  • भाद्र ३१, २०८२ मंगलवार १३:२३ बजे
  • 337
    SHARES
  • उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

    लेखनाथ (कास्की), ३१ भदौः दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा आज मौन शान्ति पदयात्रा निकालिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यहाँका उद्योगी–व्यवसायीले पदयात्रा गरेका हुन् ।

    सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको उक्त पदयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

    “शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन्, व्यवसायीको आत्मबल बढाउन जरुरी छ,” उहाँले भन्नुभयो । विषम परिस्थितिमा संयमित हुन उहाँले उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend