Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

  • समाचार
  • आश्विन २, २०८२ बिहिवार १६:३५ बजे
  • 790
    SHARES
  • प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

    काठमाडौँ, २ असोजः अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

    सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

     

    R.S.S

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend