Logo

बुधवार, कार्तिक १२ गते २०८३

रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ

रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ

  • समाचार
  • श्रावण २०, २०८० शनिवार १६:४८ बजे
  • 877
    SHARES
  • सुनसरी । इटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ विराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ वर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ विराटनगर महानगरपालिका-११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

     

    arrest-pakrau-handcuff-jail_fnrOCbJnR7_EH64h5hlju_eAXzrKjxEh.webp

    श्रोत : रातोपाटी

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend