Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लहान मुटु अस्पतालद्वारा सेवा विस्तार

लहान मुटु अस्पतालद्वारा सेवा विस्तार

  • समाचार
  • आश्विन ४, २०८२ शनिवार १६:०९ बजे
  • 319
    SHARES
  • लहान मुटु अस्पतालद्वारा सेवा विस्तार

    सिरहा, ४ असोजः लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक परीक्षण सेवा सुरु गरेको छ । लहान नगरपालिका–४ स्थित चम्पापुरमा निर्माणाधीन यो अस्पतालले हालै मुटुरोग जाँच सम्बन्धित ‘इकोकार्डियोग्राफी’, ‘ट्रेडमिल टेस्ट’ र ‘होल्टर मोनिटर टेस्ट’ सेवा सञ्चालनमा ल्याएको छ ।

    त्यस्तै, शुक्रबारदेखि औपचारिक रूपमा २५ श्ययाको सेवा पनि सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले जानकारी दिनुभयो ।

    छ महिनाअघि सुरु भएको ओपिडी सेवामार्फत हालसम्म तीन हजारभन्दा बढी बिरामीले सेवा लिइसकेका छन् । अत्याधुनिक प्रयोगशालासहित न्यूनतम शुल्कमा सेवा दिइरहेको अस्पताल नाफामुखी नभई सेवा–केन्द्रित मोडेलमा सञ्चालन भइरहेको जनाइएको छ ।

    अहिले अस्पतालले लहान नगरपालिकाद्वारा उपलब्ध ११ बिघा सार्वजनिक जग्गामा दुई भवनमार्फत सेवा दिइरहेको छ । डा साहका अनुसार, भविष्यमा ५०० श्ययाको पूर्ण अस्पताल बनाउने योजना रहेको छ, जसको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ ।

    अस्पताल प्रशासनले एक वर्षभित्र सघन उपचार कक्ष (आइसियु) र सिटीस्क्यान सेवा सुरु गर्ने तयारी गरिरहेको छ । साथै, अस्पताललाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रकै स्वरुपमा कार्डियो–डायबेटिक सेन्टरका रूपमा विस्तार गरिँदैछ ।

    नेपाल हृदय रोग निवारण सङ्घअन्तर्गत सञ्चालनमा आएको यो अस्पताल डा बालकृष्ण ओग्र्यानको पहलमा स्थापना भएको हो । जर्मनीस्थित ‘नेपाल मेड ई भि’ र’ रोटरी क्लब कटबस’ संस्थाबाट करिब रु दुई अर्ब बराबरको सहयोगमा अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको छ ।

    गुणस्तरीय सेवा दिइँदै आए पनि प्रचारप्रसार, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend