Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वडाध्यक्ष कुँवरद्वारा तलब भत्ता ज्येष्ठ नागरिकलाई वितरण

वडाध्यक्ष कुँवरद्वारा तलब भत्ता ज्येष्ठ नागरिकलाई वितरण

  • समाचार
  • आश्विन ६, २०८२ सोमवार १५:३९ बजे
  • 298
    SHARES
  • वडाध्यक्ष कुँवरद्वारा तलब भत्ता ज्येष्ठ नागरिकलाई वितरण

    दोधारा चाँदनी (कञ्चनपुर), ६ असोजः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफूले पाएको तलब–भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ ।

    वडाध्यक्ष कुँवरले घटस्थापनाको अवसरमा आज वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रु दुई लाख ६२ हजार वितरण गर्नुभयो । उहाँका अनुसार १४२ ज्येष्ठ नागरिक र अपाङ्गता भएका २० जनालाई जनही रु एक हजार ५०० का दरले रकम वितरण गरिएको हो । पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गर्नुभएको थियो ।

    उहाँ दोस्रो कार्यकालमा समेत नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । “मैले राज्यबाट सेवा सुविधाबापत पाउने सबै रकम सामाजिक कार्य र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्दै आएको छु”, वडाध्यक्ष कुवँरले भन्नुभयो, “यसपालि पनि दसैँ मनाउन सहयोग पुगोस् भनेर वृद्ध आमाबुबाहरुलाई रकम वितरण गरेको छु ।”

    उहाँले लगातार आठ वर्षदेखि आफूले पाएको सुविधाको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको बताउनुभयो । उहाँले आफूले पाउने रु २२ हजार ४७० पारिश्रमिक जम्मा गरेर दसँैका बेला वितरण गर्ने गर्नुभएको छ ।

    वडाध्यक्ष कुँवरले कतिपय ज्येष्ठ नागरिकको औषधि उपचार खर्च समेत आफैले बेहोर्दै आउनुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend