Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चार महिनापछि रारा विमानस्थलमा उडान

चार महिनापछि रारा विमानस्थलमा उडान

  • समाचार
  • आश्विन ६, २०८२ सोमवार १५:४३ बजे
  • 376
    SHARES
  • चार महिनापछि रारा विमानस्थलमा उडान

    मुगु, ६ असोजः मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो ।

    नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए । तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए । आजदेखि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिनुभयो ।

    नेपालगञ्ज उपचारका लागि नेपाल एयरलाइन्सबाट जानु लाग्नुभएका यात्रु सुमित्रा रावल भन्नुहुन्छ, “नियमित उडान गरिदिए दुर्गमका जनताले राहत पाउँथ्यौँ ।” विविध कारणले नियमित उडान नभए पनि अब नियमित उडानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रमुख विष्ट बताउनुहुन्छ । रारा विमानस्थलमा समिट एयर, तारा एयर, सीता एयर र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend