Logo

बुधवार, कार्तिक १२ गते २०८३

जिम्मेवारी पाएसँगै नवनियुक्त इन्चार्जले थाले केन्द्रीय सदस्यसँग छलफल

जिम्मेवारी पाएसँगै नवनियुक्त इन्चार्जले थाले केन्द्रीय सदस्यसँग छलफल

  • समाचार
  • श्रावण २२, २०८० सोमवार १९:३४ बजे
  • 523
    SHARES
  •  काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेसँगै चार प्रदेशका नयाँ इन्चार्जहरूले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग छलफल थालेका छन् । 

    आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूको जिम्मेवारी  हेरफेर गरेको प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेका थिए ।

    जिम्मेवारी पाएलगत्तै सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सुदूरपश्चिम, गण्डकी, मधेस र कर्णाली गरी चार प्रदेशका नवनियुक्त इन्चार्जहरूले केन्द्रीय सदस्यहसँग छलफल गरेका हुन् । 

    ‘नयाँ र पुराना इन्चार्जहरू बसेर केन्द्रीय सदस्यहरूको कार्यविभाजन र कार्यक्षेत्रको बारेमा प्रारम्भिक छलफल भयो । छलफलपछि साउन मसन्तभित्र आफ्ना कार्यक्षेत्र र जिम्मेवारी सम्बन्धमा केन्द्रीय सदस्यहरूले लेखेर पठाउन 

     निर्देशन दिएको छ’, केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।  

    एउटै प्रदेशमा ७०/८० जना केन्द्रीय सदस्य भएकाले कार्यविभाजन गर्न सजिलो होस् भन्नलाई सो निर्देशन दिएको उनको भनाइ छ । उनका अनुसार अर्को बैठक सम्बन्धित प्रदेशले नै गर्नेछ । 

    आजको बैठकमा नयाँ र पुराना इन्चार्ज बसेर छलफल गरेको उनले बताए । इन्चार्जसँगको छलफलपछि भूगोलमा रहेका केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिने छ । यसैगरी केन्द्रीय लेखा आयोगमा ७ सदस्य थपिएको उपाध्यायले जानकारी दिए ।  

    छलफलमा सुदूरपश्चिमका इन्चार्ज डिलाराम आचार्य, गण्डकीका देवेन्द्र पौडेल, मधेसका लीलामणि पोखरेल र कर्णालीका मातृका यादव सहभागी थिए । उनीहरूले आ–आफ्ना कार्यक्षेत्रमा गएर परिणाम देखिने गरी काम गर्न सदस्यहरूलाई निर्देशन दिएका थिए ।  

    छलफलमा पुराना इन्चार्जहरू मधेस प्रदेशबाट गणेश साह, गण्डकीका हितराज पाण्डे, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट सहभागी रहेका सचिव उपाध्यायले जानकारी दिए । 

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरी केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराएका थिए । 

    जसअनुसार कोशी प्रदेशमा  चक्रपाणि खनाल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, वर्षमान पुन विशेष प्रदेश इन्चार्ज,  देवेन्द्र पौडेल गण्डकी, हितमान शाक्य लुम्बिनीको इन्चार्ज भएका छन् । 

    यसैगरी मातृका यादव कर्णाली, डिलाराम आचार्य सुदूरपश्चिम,  गिरिराजमणि पोखरेल उपत्यका सम्पर्क समन्वय, राम कार्की प्रवास इन्चार्ज भएका छन् ।

    यसअघि कोशी प्रदेशमा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए ।

    ssd.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend