Logo

बुधवार, कार्तिक १२ गते २०८३

बागमती नदी तटीय क्षेत्रमा दिउँसोसम्म खतरा

बागमती नदी तटीय क्षेत्रमा दिउँसोसम्म खतरा

  • समाचार
  • श्रावण २३, २०८० मंगलवार १०:३६ बजे
  • 817
    SHARES
  • काठमाडौँ । राजधानीस्थित बागमती नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रमा दिउँसोसम्म खतरा रहने भएको छ । ललितपुरस्थित खोकना बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाले बाढी बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

    काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ । 

    बाढीका कारण बागमती किनारका बस्ती र कोरिडोर सडकहरू प्रभावित बनेका छन् । badhi_31WeI8Tb8a.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend